punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा अक्सिजन बैंक स्थापना

Chaupati
safha napa

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना भएको छ।सुदूरपश्चिम प्रदेश सरकार र दाताहरूको सहयोगमा संकलन भएका अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना गरिएको हो।

कोरोना भाइरस (कोभिड १९) व्यवस्थापनपूर्व तयारी गर्न बुधवार बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।कोभिड १९ व्यवस्थापनका लागि आवश्यक सामग्रीहरू सञ्चित गर्दै बैंक स्थापना गरिएको हो। उनले भने,, ‘कोरोना भाइरसको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै बैंक स्थापना गरेका हौं।’

बैंकमा ३३ वटा अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको छ। अझै थप कतैबाट सहयोग भए बैंकमै राखिने जनाइएको छ। कोरोनाको दोस्रो लहर आउनुअघि आवश्यक तयारी नहुँदा कोभिडका बिरामीको उपचारमा समस्या भएको थियो।

अब जिल्लामै अक्सिजन तथा कन्सन्ट्रेटर सञ्‍चित गरेर राखेपछि सम्भावित तेस्रो लहरमा उपचारमा सहज हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वसन्तराज जोशीले बताए। उनले भने, ‘तेस्रो लहरको पूर्व तयारीस्वरूप बैंक स्थापना भएकाले अब महामारी फैलिएपनि उपचारमा सहज हुनेछ।’

जिल्ला अस्पतालमा हाल कोरोना एकजना बिरामी पनि भर्ना नरहेको अस्पतालले जनाएको छ। भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाकै कारण १८ जनाको ज्यान गइसकेको छ।कोरोनाका तेस्रो लहर आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लामा हाल स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिएको छ। साथै जिल्ला भित्रिने तथा भारतबाट स्वदेश फर्किनेहरूको नाकामै कोरोना परीक्षण कार्य जारी रहेको छ।


३ भदौ २०७८, बिहीवार ११:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु