punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा थपिँदै भाइरल ज्वरोका बिरामी

Chaupati
safha napa

बैतडीमा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको छ।यहाँका अस्पताल तथा निजी पोलिक्लिनकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।

केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाले जनाएको छ। उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए।

यसैगरी जिल्ला अस्पतालमा पनि पछिल्लो दुई हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिदै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीले बताए। अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०र७० प्रतिशत बिरामीमा भाइरल ज्वरोको समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले बताए।

यहाँका निजी मेडिकल तथा पोलिक्लिनकमा समेत उक्त रोगका बिरामी बढ्दै गएका मुकेश मेडिकल हल दिपायलका मुकेश यादवले जानकारी दिए। यहाँका सहरी क्षेत्रका अस्पताल भन्दा पनि गाउँघरमा रहेका निजी मेडिकलमा उपचार गराउन आउने भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढी रहेको जोरायल गाउँपालिका–३ की यशोदा मल्लले बताइन्।

यहाँका निजी मेडिकलमा उच्च पावरको औषधि दिने तथा ज्वरो चाँडै निको हुने भएकाले पनि उक्त रोगका बिरामी सरकारी अस्पतालभन्दा पनि गाउँमा खोलिएका निजी मेडिकल प्रति बढी आकर्षित हुने गरेका अर्का स्थानीयवासी करनसिंह खत्रीले बताए।

मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूल रूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको शैलेश्वरी अस्पतालका डा।ललितकुमार लिम्बूले बताए।रासस


३ भदौ २०७८, बिहीवार ११:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु