punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले (समाजवादी)मा सुदूरपश्चिमबाट सात जना केन्द्रीय सदस्य

Chaupati
safha napa

एमालेबाट विभाजन भएर गठन भएको एमाले (समाजवादी)मा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय समितिमा सात जना परेका छन् ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको सूचीमा सुदूरपश्चिममा सात जनाको हस्ताक्षर छ । नेपाल समूहले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित आयोगमा निवेदन दिएका छन् ।

सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा), निरादेबी जैरु, प्रेमबहादुर आले, भानुभक्त जैसी, उर्वादत्त पन्त, माया भट्ट र पूर्णा जोशी केन्द्रीय समितिमा छन् ।

नेपाल समूहमै रहेका भीम रावलले अन्तिम समयमा नेपाललाई साथ दिएनन् । माधव समूहलाई छोडेर पार्टी एकताका लागि सक्रिय रहेका उनी ओली पक्षमा पनि खुलेका छैनन् ।

 


२ भदौ २०७८, बुधवार १९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु