punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युवती माथि हातपात गर्ने एमाले वडाध्यक्ष पक्राउ

Chaupati
safha napa

दार्चुलाको शैल्यशिखरमा सार्वजनिक स्थानमा युवती माथि हातपात गर्ने एमाले वडाध्यक्ष पक्राउ परेका छन् ।सार्वजनिक स्थानमा युवती माथि हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा शैल्यशिखर नगरपालिका – १ बलाँचका एमाले गाउँ कमिटि अध्यक्ष सुरेन्द्र खडायतलाई प्रहरीले पक्राउ गरेको छ ।

गाउँ कमिटि अध्यक्ष खडायतले साउन २७ गते बलाँच स्थित आइटी ओजेटी गरिरहेकी २० वर्षिय एक युवतीलाई सार्वजनिक स्थानमा गलत मनसायले हातपात गरेको जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । जाहेरीका आधारमा साउन ३२ गते खडायत विरुद्ध सार्वजनिक स्थानमा महिला माथिअभद्र व्यवहार गरेको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए।

३५ वर्षिय खडायतले साउन २७ गते ओजेटी गरिरहेकी एक युवतीलाई बेलुकी ५ बजेतिर हात समातेर गलत मनसायले आफूतिर तानेको पिडितका आफन्तले बताएका छन् । घट्ना साउन २७ गते घटेको भएपनि प्रहरीमा ढिलो गरी जाहेरी आएका कारण साउन २९ गते मात्रै पिडक खडायतलाई प्रहरीले पक्राउ गरि थुनामा राखेको उनले बताए ।

पिडक तथा एमाले गाउँ कमिटि अध्यक्ष खडायत अहिले प्रहरी थुनामा रहेका छन् । अदालतबाट १५ दिनको म्याद थप गरी खडायत माथिअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।गाउँ कमिटि अध्यक्ष खडायतलाई लागेको आरोप प्रमाणित भए सार्वजनिक स्थानमा महिला माथि अभद्र व्यवहार गर्न नहुने कसुर अन्तरगत एक वर्ष कैद १० हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ ।


२ भदौ २०७८, बुधवार १९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु