punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सामाजिक विकास मन्त्री खड्काद्वारा गौरीफन्टा नाकाको निरीक्षण

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् ।मन्त्री खड्काले मंगलबार गौरीफन्टा नाकाको निरीक्षण गर्दै तेस्रो लहरको कोरोना संक्रमण फैलिन नदिन होल्डीङ सेन्टर र स्वास्थ्य परीक्षणलाई व्यवस्थित गरिने जनाएका छन् ।

भारतबाट फर्किने सबै नेपाली नागरिकको स्वास्थ्य परीक्षण गर्ने प्रदेश सरकारको योजनामा सघाउन खड्काले सुरक्षा निकाय, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेका छन् ।

‘भारतबाट फर्किने सबै नेपालीलाई होल्डीङ सेन्टरमा व्यवस्थापन गरेर राख्छौँ । त्यहाँ राखेर कोरोना परीक्षण गरिन्छ,’ मन्त्री खड्काले भने, ‘संक्रमण देखिएकालाई धनगढी उपमहानगरपालिका–३ स्थित होल्डीङ सेन्टरमा पठाउँछौँ । बाँकीलाई गन्तव्यतर्फ पठाइनेछ ।’

कोरोना संक्रमितहरुलाई धनगढीस्थित निर्माणाधिन प्रादेशिक आर्युवेद अस्पतालको भवन, गेटा मेडिकल कलेजको आइसोलेसन कक्ष र सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचार गरिने खड्काले बताए ।प्रदेश सरकारको समन्वयमा कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाले गौरीफन्टा नाकाको व्यवस्थापन गरिरहेका छन् ।

मंगलबार मन्त्री खड्कासँगै सीमा नाकाको निरीक्षणमा पुगेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले नाकालाई व्यवस्थित गरेर विगतमा जस्तो समस्या दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् भने पुनर्वास मेयर जीवन थापाले पनि नाकालाई व्यवस्थित गर्ने काममा लाग्ने बताए ।


१ भदौ २०७८, मंगलवार १७:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु