punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषधसहित २ जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बिओपी भुडाबाट सशस्त्र प्रहरी निरीक्षक टेकराज पन्तको कमाण्डमा खटिएको टोलीले २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्लाको बेलडाँडी गाउँपालिका सिमलडाँडी बस्ने अन्दाजि १९ वर्षिया बिशाल चौधरी र भिमदत्त नगरपालिका ६ का १८ वर्षिया सुमित डगौरा रहेको गणले जनाएको छ।

उनीहरुलाई चेकजाँच गर्ने क्रममा सुमित डगौराको साथबाट अन्दाजि ७.६५ मिलिग्राम खैरो हिरोइन बरामद गरीएको प्रहरीले बताएको छ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाएको गणले बताएको छ।


१ भदौ २०७८, मंगलवार १०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु