punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जीवनसाथीसँगको सम्बन्ध प्रेमिल छ भन्ने जनाउँने सात संकेत

Chaupati
safha napa

माया एक सुन्दर अनुभूति हो । मायामा महिलाहरुले चाँडै आफ्नो भावनालाई व्यक्त गर्न सक्छन् भने पुरुषहरु अक्सर आफ्नो भावनालाई व्यक्त गर्न असमर्थ हुन्छन् । यस्तो अवस्थामा केटीहरु प्रायः सोच्छन् कि उनीहरुको पार्टनरले आफूलाई धेरै माया गर्दैनन् । तर यस्तो सोच्नु गलत हो । वास्तवमा पुरुषहरु आफ्नो प्रेम संकेत मार्फत् पनि प्रकट गर्छन् ।

यदि तपाईंसँग प्रेमपूर्ण कुराकानी गर्छन् भने

सामान्यतया पुरुषहरु आफ्नो काममा व्यस्त हुने भएकोले कडा व्यवहार गर्छन् । तर यदि तपाईंको श्रीमानले तपाईंसँग समय बिताउन चाहन्छ र तपाईंलाई आफ्नो भावनाहरु बताउँछ भने साँच्चै बुझ्नुहोस् कि उसले तपाईंलाई माया गर्छन् ।
यदि तपाईंको सबै कुरा सुन्छन् भने
यदि तपाइँको श्रीमन्ले तपाईंलाई ध्यान दिन्छन् र तपाईंको सबै कुरा ध्यानपूर्वक सुन्छन् भने तब बुझ्नुहोस् कि उनीहरुको हृदय तपाईंसँग जोडिएको छ । यस्तो स्थितिमा उनीहरु तपाईंको हरेक सानो कुरा र आवश्यकताको विशेष ख्याल राख्नेछन् । साथैं, तपाईंलाई राम्रो लाग्ने कुराहरु मात्रै धेरै भन्ने गर्छन् भने बुझ्नुहोस् कि तपाईंको श्रीमानले तपाईंलाई माया गर्छन् ।
आफ्नो परिवारको पनि ख्याल राख्छन् भने
हरेक केटी मान्छे चाहन्छन् कि आफ्नो श्रीमान्ले परिवारको राम्रो ख्याल राखोस् । यदि तपाईंको श्रीमान्ले फुर्सदको समय परिवारको साथ बिताउँछ र तपाईंसँग राम्रो व्यवहारहरु गर्छन् भने बुझ्नुहोस् कि तपाईंको साथीले तपाईंलाई माया गर्छन् । पुरुषले माया गर्ने महिलाको जहिले पनि सम्मान गर्ने गर्छ भने सम्झनुस् तपाईंलाई श्रीमानले माया गर्छन् ।
तपाईंसँग समय बिताउँछन् भने
सामान्यतया केटाहरु किनमेल गर्न मन पराउँदैनन् । तर यदि तपाईँको श्रीमानले दैनिक सामान किनेर घरमा ल्याउँछन् भने सोच्नुहोस् तपाईंलाई उनले माया गर्छन् । यस्तो स्थितिमा तपाईंले पनि उनीहरुलाई राम्रो व्यवहार गर्नुपर्छ ।
तपाईंको प्रशंसा गर्छन् भने
महिलाहरु सधैं आफ्नो रूपको बारेमा चिन्तित हुन्छन् । तर यदि तपाईंंको पार्टनर तपाईंलाई माया गर्छन् भने उनीहरु तपाईंको देखावटी सुन्दरताको ख्याल गर्दैनन् । वास्तवमा उनीहरु भावनात्मक रूपमा तपाईंसँग जोडिएको हुनेछन् । यस्तो स्थितिमा तपाईं उनीहरुलाई कुनैपनि अवस्थामा सुन्दर देख्नेछन् ।
महत्वपूर्ण कुरा याद गर्नुहोस्
यो जरूरी छैन कि साथीलाई याद छ जहाँ तपाईं पहिलो पटक भेट्नुभयो । तपाईंको जन्मदिनको बारेमा जानकारी छ या यस्तै महत्वपूर्ण दिनको बारेमा जानकारी छ भने सम्झनुहोस् कि तपाईंको साथीले तपाईंलाई एकदमै धेरै माया गर्छ । यसको मतलब यो हो कि तपाईं उनको जीवनमा धेरै महत्वपूर्ण हुनुहुन्छ । उनीहरुले विशेष दिनमा राम्रो उपहार पनि दिन सक्छन् ।
सपना पूरा गर्न प्रेरित गर्छन् भने
यदि तपाईंको पार्टनर तपाईंको आवश्यकतालाई बुझ्ने खालका छन् भने वा तपाईंको सपनालाई पूरा गर्नको लागि प्रेरित गर्ने खालका छन् भने बुझ्नु होस् कि तपाईं भाग्यशाली हुनुहुन्छ । तपाईंको श्रीमान्ले तपाईंलाई धेरै माया गर्छन् । यस्तो स्थितिमा उनीहरु तपाईंको हरेक विजयमा उत्सव मनाउने छन् । यस्तो केटामान्छे भेट्नु भयो भने बुझ्नुहोस् कि तपाईं एकदमै माया गर्ने श्रीमान् पाउनु भएको छ ।


१ भदौ २०७८, मंगलवार १०:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु