punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरा जोड्ने सडक अवरुद्ध

Chaupati
safha napa

सुदूरपश्चिमको दुर्गम जिल्ला मानिने बाजुरा र अन्य जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ। सुदूरका तराईका जिल्ला र बाजुरा जोड्ने सडकखण्ड अवरुद्ध भएपछि यस्तो अवस्था आएको हो।

सडक अवरुद्ध भएको लगभग दुई महिना पुगेको छ। जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकखण्ड साँफे–मार्तडी तथा हुम्ला र मुगु जिल्ला जोड्ने मार्तडी–कोल्टी सडकखण्ड गत असारदेखि अवरुद्ध भएका हुन्। उक्त सडकहरु हालसम्म पनि सञ्चालनमा नआएको बाजुराका स्थानीय ब्यापारी राम बोहराले बताए।

‘असारमै साँफे–मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्मको सडकमा पहिरो गयो। पहिरो गएपछि सडक बन्द भयो। आवतजावत ठप्प बन्यो‚’ उनले भने‚ ‘सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तुलगायतका अन्य सामग्रीहरूको ढुवानी पनि बन्द भयो। जिल्लाभित्रका ग्रामीण सडकहरू पनि वर्षाले भत्किएपछि यातायात ठप्प छ। हामी समस्याग्रस्त समय गुजारिरहेका छौं।’

यस्तै‚ अर्का व्यापारी रमेश थापाले भने महँगी बढेको गुनासो गरे। पहिले सडक सञ्चालन हुँदा ५०० रुपैयाँमा आइपुग्ने सामानको ढुवानी खर्च अहिले दुई हजार रुपैयाँ बढी लाग्ने गरेको उनले बताए। ढुवानी महँगो हुँदा त्यसको मार ग्राहकमा पर्ने थापाको भनाइ छ। व्यापार व्यवसाय मात्र होइन सडक अवरुद्ध भएकाले बिरामीहरू पनि मर्कामा परेका छन्।

चिर निन्द्रामा सरकार

त वर्ष साँफेबगर–मार्तडी सडकको अम्कोट–द्वारी क्षेत्रमा गएको पहिरोले बाजुरालाई जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग अवरुद्ध भएको थियो। अहिले एक वर्ष पूरा हुँदासमेत उक्त सडकमा गएको पहिरो रोकथाम गर्न सकिएको छैन। पानी पर्नसाथ उक्त सडक अवरुद्ध हुने गर्दछ।

बाजुरा जिल्ला जोड्ने मुख्य सडक तहसनहस भएको एक वर्ष हुँदासमेत सरकार भने चिर निन्द्रामा रहेको जिल्लावासीको आरोप छ। सडक क्षतिग्रस्त भएको एक वर्ष हुँदासमेत मर्मत वा विकल्पका विषयमा कुनै काम गर्न सकिएको छैन।

सुदूरपश्चिमको सबैभन्दा दुर्गम जिल्ला बाजुरामा एकवर्षदेखि सडकमा गएको पहिरोले समस्या हुँदा पनि सरोकारवाला निकायले समाधानका प्रयास नगरेकोमा जिल्लावासी निराश बनेका छन्। बाढी र पहिरोका कारण समय समयमा बाजुराका सडक अवरुद्ध त्यहाँका स्थानीयले भगवान भरोसामा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।


३१ साउन २०७८, आइतवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु