punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेरि सर्‍यो कांग्रेस महाधिवेशन, मंसिरमा हुने

Chaupati
safha napa

नेपाली कांग्रेसको महाधिवेशन फेरि सरेको छ।भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको महाधिवेशन अब मंसिरमा गर्ने निर्णय भएको हो।

आज बसेको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याएको छ।अब मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने निर्णय आजको केन्द्रीय समितिले गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले सेतोपाटीलाई बताए। भदौ १८ मा वडा अधिवेशन गर्ने निर्णय भएको छ।

यस्तो छ कार्यतालिका

१.क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने :  २०७८/५/२

२.निर्वाचन निर्देशिका बुझाउनेस् २०७८/५/ २

३.वडा अधिवेशन : २०७८ /  ५ / १८

४. गाउँ/ नगर पालिका : २०७८ / ५ / २७

५. प्रदेश क्षेत्र क/ ख : २०७८ / ६ / १

६. संघीय निर्वाचन क्षेत्र : २०७८ / ६ /  ५

७. जिल्ला : २०७८ / ६ / १०

८.प्रदेश : २०७८ / ७/१०–१२

९. केन्द्रीय : २०७८/ ८/ ९–१३


३० साउन २०७८, शनिवार १९:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु