punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जयसिंहको खोजीमा भारतको असहयोग, दिएन ड्रोन उडाउने अनुमती

Chaupati
safha napa

दार्चुलाको मालघाटनमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी कार्यमा भारतीय पक्षले असहयोग गरेको छ । महाकाली नदीमा उनको खोजीका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले ड्रोन उडाउन अनुमती माग्दा भारतीय डीएम प्रशासनले त्यसको कुनै जवाफ पठाएको छैन ।

भारतीय पक्षले अनुमति माग्दा कुनै जवाफ नदिएकाले जयसिंहको खोजी कार्यमा समस्या भएको छ । भारतबाट अनुमती नभएकाले महाकाली नदीको नेपालतर्फको छेउमा तलतल मात्रै ड्रोन उडाएर खोजी भइरहको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् ।

उनका अनुसार ड्रोन उडाएर जयसिंहको खोजीका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ डीएम प्रशासनसंग अनुमती मागेको थियो । ‘अनुमतीका लागि २५ गतेनै भारतीय पक्षलाई पत्र पठाएका थियौं,’ जयसिंहको खोजीका लागि गठित छानविन समितिका सदस्यसमेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन्, ‘चार दिनसम्म कुनै जवाफनै आएको छैन । नेपालतर्फको नदी किनारमा मात्रै ड्रोन उडाएर खोजी भइरहेको छ, भारततिर अनुमती भएको छैन ।’

उनका अनुसार जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपीको नेत्वृत्वमा प्रहरी प्रधान कार्यालयबाट खटिएका प्राविधिकद्वय प्रहरी नायब निरीक्षक प्रेम गन्धर्व र गोविन्द परियारको टोली ड्रोनसहित घटनास्थलमा कखोजी कार्यमा जुटिसकेको छ ।

मंगलबार सर्भे गरेको टोलीले बुधबार ड्रोनबाट खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता चन्दले बताए। यसअघि दार्चुला पुगेको छानबिन समितिको टोलीसँग प्रत्यक्षदर्शीले एसएसबीले तुइनको तार फुकाल्दा जयसिंह खसेर नदीमा बेपत्ता भएको बयान दिएका छन्।

तुइन फुकालेर जय सिंहलाई नदीमा खसाउने एसएसबी जवानलाई कारबाही गरेर पीडितलाई न्याय दिनुको सट्टा भारतले एसएसबीले तुइन नफुकालेको दाबी गर्दै आएको छ । साउन १५ गते महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंहको अवस्था पत्ता लाग्न सकेको छैन ।


२८ साउन २०७८, बिहीवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु