punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल समूहलाई सरकारमा सहभागी हुन दबाव, प्रेम आलेको जोडबल

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्ने तयारी गरिरहँदा एमाले नेपालल समूहलाई सरकारमा जान दबाव बढेको छ ।

पछिल्लो समय नेता नेपाललाई साथ दिएका पूर्वमन्त्री प्रेम आलेको अग्रसरतामा बुधबार गृहमन्त्री खाँडले नेता नेपाललाई भेटेका छन् । गृहमन्त्री खाँडले नेता नेपाललाई सरकारमा सहाभागी हुन आग्रह गरेको नेपाल निकट सोतले जनाएको छ।

जवाफमा नेता नेपालले आफू निकट नेताहरुसँग परामर्श गरेर निष्कर्षमा पुग्ने बताएका थिए। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका २२ जना सासद सरकारमा सहाभागी हुनुपर्ने पक्षमा छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएको निष्कर्ष निकालेको नेपाल समूह सरकारमा सहभागी हुने तयारीमा छ।

कांग्रेस र माओवादीले नेपाल समूहका कारण सरकार विस्तारमा ढिलाइ भइरहेको बताएका छन्। यद्यपि माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्री चयन गर्न सकेको छैन भने प्रधानमन्त्री देउवाको दलभित्र पनि मन्त्री छनोट हुन सकेको छैन। नेपाल निकट सांसद मेटमणि चौधरीले एक दुई दिनभित्रै सरकारमा सहाभागी हुने बताएका छन्।

नेपाल समूहलाई सरकारमा सहभागी गराउन पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय छन्। प्रचण्डले नेता नेपाललाई दैनिक जसो भेट गर्ने गरेका छन्।

केही समय अगाडि पार्टी एकताको प्रयास जारी रहेको भन्दै सरकारमा सहभागी हुने निर्णय गरको नेपाल समूहले अध्यक्ष ओलीले एकता नचाहेको निष्कर्ष निकाल्दै सरकारमा सहभागी हुने तयारी पुगेको हो।

 


२७ साउन २०७८, बुधवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु