नगद ६ लाख बढी रकम सहित एक जना पक्राउ

कञ्चनपुरको गौरीफन्टा नाकाबाट नगद ६ लाख बढी रकम सहित एक जना पक्राउ परेका छ्न्। सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हेडक्वाटर शैलेश्वरी कञ्‍चनपुर मातहत बोडर आउट पोष्ट डोकेबजारले ६ लाख एक हजार ५ सय रकम सहित एक जना लाई पक्राउ गरेको हो।

भारतबाट नेपाल आउने ब्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा भारतको साहजहाँपुर मोहल्लाका ४१ वर्षीय रजिनिस कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चेकजाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको ६ लाख १ हजार ५ सय रुपैँया बरामद गरिएको हो।

आवश्यक कानूनी कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 


२५ साउन २०७८, सोमवार १९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु