punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सूर्य थापाले गरे भीम रावलको पहिलोपटक प्रशंसा

Chaupati
safha napa

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले उपाध्यक्ष भीम रावलको अभिव्यक्तिलाई समर्थन गर्दै प्रशंसा गरेका छन् ।

एमालेबीचमै कडा आलोचकका रुपमा परिचित थापाले भीम रावलकै पनि निकै आलोचना गर्दै आएका थिए । तर, रावलको पछिल्लो अभिव्यक्तिलाई भने थापाले प्रशंसा गरेका छन् ।

आफ्नो पार्टी र पक्षभन्दा बाहेकलाई कडा प्रहार गर्ने थापाले रावलले पार्टी एकताका लागि दिएको मन्तव्यलाई लिएर प्रशंसा गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तर दिँदै आफू नढलेको र एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको उपाध्यक्ष रावलको अभिव्यक्ति थियो ।

उक्त विचारलाई लिएर नेता थापाले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्, ‘म ढलेको होइन, प्रचण्डको एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ । – भीम रावल । चार वर्षयताकै सबभन्दा सही र यथार्थ भनाइ ।’

 


१० साउन २०७८, आइतवार २०:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु