punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चिनियाँ सीमा क्षेत्र टिंकरमा बीओपी बन्दै

Chaupati
safha napa

दार्चुलाको व्यास गाउँपालिका–१ टिंकर गाउँभन्दा माथि छ्यालेकमा सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) निर्माण सुरु गरेको छ । चिनियाँ सीमा क्षेत्र निगरानी गर्नका लागि सरकारले टिंकरमा बीओपी निर्माण सुरु गरेको हो ।

गत आर्थिक वर्षमै निर्माण सम्पन्न गर्नुपर्नेमा असार २५ गते हेलिकप्टरमार्फत सामग्री ढुवानी गरी काम अगाडि बढाएको बताइएको छ । सीमामा बाह्रै महिना सुरक्षाकर्मी बस्ने व्यवस्था हुने गरी भवनको निर्माण भइरहेको छ । यसअघि बर्खाका ६ महिना मात्र उत्तरी क्षेत्रमा सुरक्षाकर्मी रहने गर्थे ।

एक करोड रुपैयाँको लागतमा भवन निर्माण गरिसक्ने गरी धुलिखेल प्याराडाइज एन्ड एलबी निर्माण सेवाले ठेक्का पाएको छ । निर्माण व्यवसायी लालबहादुर बमले टिंकरमा ६ महिनाभित्रै भवन निर्माण सक्ने बताएका छन् ।

‘मंसिरदेखि वैशाखसम्मै हिमपात हुँदा ढुवानीमा अप्ठ्यारो भएकाले निर्माण थाल्न ढिलाइ भयो,’ उनले भने । बमले स्थानीय व्यक्तिलाई बीओपी निर्माणको जिम्मा लगाएका छन् । सरकारले गत वर्ष नै व्यास–१ मा सशस्त्र प्रहरीको एक गुल्म तथा टिंकर र कौवामा बीओपी स्थापना गर्ने घोषणा गरेको थियो ।

व्यासको गागामा गुल्म स्थापना भइसकेको छ । भारतीय सीमा क्षेत्रमा पर्ने कौवामा भने अझै बीओपी निर्माण हुन सकेको छैन ।


१० साउन २०७८, आइतवार २०:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु