punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको गोकुलेश्वर-सीमार सडक अवरुद्ध

Chaupati
safha napa

बैतडी : बैतडीको गोकुलेश्वर –सीमार सडक अवरुद्ध भएको छ । डिलाशैनी गाउँपालिका वडा नं ३ पङसेरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिबार राती सडकमा पहिरो खसेको हो ।

सडकमा पहिरो खसेपछि दार्चुलाको लटिनाथ जाने र बैतडीको सीमार जाने गाडीहरु बीचबाटोमै रोकिएका छन् । यस्तै चमेलिया हाइड्रोपावर सम्म जाने गाडीहरु पनि रोकिएका छन् । पहिरो पन्छ्याउने काम भईरहेको प्रहरीले जनाएको छ ।


१० साउन २०७८, आइतवार ११:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु