punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लगातारको बर्षाले बझाङमा लघुजलविधुतको पावरहाउस बगायो

Chaupati
safha napa

बझाङ : बझाङको मष्टा गाउँपालिका – ५ द्वारीमा विहिबार राती परेको अविरल बर्षाका कारण आएको बाढीले लघुजलविधुतको भवन बगाएको छ । जिल्लाको मष्टा गाउँपालिका – ५ द्वारीमा रहेको द्वारीगाड लघुजलविधुत आयोजनाको भवन बगाएको हो ।

करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको द्वारीगाड लघुजलविधुत आयोजना द्वारी गाउँका करिब ५सय घरधुरीले बाल्ने द्वारीगाड लघुजलविधुतको भवन केहि समय संचालनमा आए पनि प्राविधिक समस्याका कारण विचमा अवरुद भएको र हाल निर्माण कार्य चलिरहेको बेला एकाएक परेको अविरल बर्षाले भवन नै आधा बगाई दिएको स्थानिय उब्जन बोहराले जानकारि दिए ।

बाढीले स्थानिय गिरिस कठायतका खेत र घट्टहरु समेत बगाएको छ । द्वारीगाउँकै वारिपारी जोड्ने काठेपुल बगाउदा आवतजावतमा समेत समस्या भएको छ । आवतजावतमा समस्या हुँदा शुक्रबार काठेपुल हाल्ने क्रममा खोलाले बगाएर तिनजना घाईते भएका छन ।

घाईते हुनेमा सोहि गाउँका ४२ बर्षिया नर बहादुर बोहरा, ५५ बर्षिय वडा अध्यक्ष कम्मान बोहरा, ६५ बर्षका रिउल्या कठायत रहेका छन । दुईजनाको अवस्था सामान्य रहेको छ । नर बहादुर बोहराको कम्मरमा गम्भिर चोट लागेकाले थप उपचारको लागि नेपालगन्ज पठाइएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा. सन्दीप ओखेडाले बताए ।


१० साउन २०७८, आइतवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु