सेती लोकमार्ग अन्तर्गत निर्माणाधीन पक्की पुल भत्कियो
अछामको साँफेमा सेती लोकमार्ग अन्तर्गत निर्माण भइरहेको पक्की पुल भत्किएको छ ।
दुई दिनदेखिको लगाताको वर्षाका कारण लुंग्रेलीगाडमा पानीको बहाव बढेपछि निर्माण हुन लागेको पुल भत्किएको हो । २०७७ चैत्र २० मा निर्माण सम्पन्न गर्ने गरी २०७५ असार २१ गते जिल्ला स्थित स्वाँर कन्ट्रक्सनसंग सम्झौता भएको थियो ।
कन्ट्रक्सनले ४ करोड १६ लाख ७४ हजार ५ सय ७२ मुल्य अभिबृद्धि कर सहितको लागतमा पुल निर्माणको जिम्मा पाएको थियो । तोकिएको समयमा काम सम्पन्न हुन नसकेको पुल अहिले बाढीले गर्दा भत्किएको छ ।
भत्किएको पुल प्रशिद्ध धार्मिकस्थल बैद्यनाथ मन्दिर नजिकै पर्छ । जुन पुलले बैद्यनाथ पुललाई पनि जोड्छ ।
२९ असार २०७८, मंगलवार १८:०६ बजे प्रकाशित













