Hotel Flora Long Ad

रोटरी क्लव अफ धनगढीले सार्वजनिक गर्यो आर्थिक विवरण

सुदूरपश्चिममा कोरोना महामारी उत्कर्षमा पुगेको बेला विभिन्न दाता तथा रोटरी क्लवका सदस्यहरूबाट रकम संकलन गरेर ‘एक सय थान कन्सन्ट्रेटर अभियान’ सञ्चालन गरेको रोटरी क्लब अफ धनगढीले आर्थिक विवरण सार्वजनिक गरेको छ ।

मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लवले कोरोना कालमा चलाइएको अभियानमा भए÷गरेको कार्यमा भएको खर्च सार्वजनिक गरेको हो । क्लव सञ्चालन गरेको अभियानका संयोजक प्रकाश भट्टले आर्थिक विवरण सार्वजनिक गर्दै क्लबका सदस्य तथा विभिन्न दाताहरूबाट १ करोड ४० लाख ४ हजार संकलन भएको जानकारी दिए ।

उनले क्लबका सदस्यहरूबाट ३३ लाख ९६ हजार रुपैयाँ र दाताहरूबाट १ करोड ६ लाख ७ रुपैयाँ संकलन भएको बताए ।

उनका अनुसार कन्सन्ट्रेटर खरिद गर्न ढुवानी र वितरणमा १ करोड ६ लाख ७ हजार ३१९ रुपैयाँ, एन ९५ मास्क खरिद र छपाइ ३ लाख ४३ हजार ५९९ खर्च भएको छ । हाल खातामा २९ लाख ९६ हजार रकम मौज्दात रहेको संयोजक भट्टले बताए ।

अभियान अन्तर्गत क्लवले प्रदेशमा एक सय थान कन्सन्ट्रेटर वितरण गरेको जानकारी दिइएको छ । चन्दका अनुसार कैलालीमा ३२ थान, डोटीमा ५ थान, अछाममा ८ थान, बाजुरामा ५ थान, बझाङमा ९ थान, कञ्चनपुरमा ११ थान, डडेल्धुरामा ७ थान, बैतडीमा ८ थान र दार्चुलामा १० थान, कन्सन्ट्रेटर वितरण गरेको जनाएको छ ।

त्यस्तै बाँके र बर्दियामा दुई÷दुई थान कन्सन्ट्रेटर वितरण गरेको क्लवले जनाएको छ । अहिले क्लवसंग एक थान अक्सिजन कन्सन्ट्रेट मौज्दात अभियानका संयोजक भट्टले बताए ।

 


२९ असार २०७८, मंगलवार १७:३४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु