यस्तो छ संसद् विघटन बदर गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले बदर गरेको छ । योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको प्रतिनिधि सभा विघटनको प्रयास पनि असफल भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको लामो बहसपछि सोमबार फैसला सुनाउँदै प्रधानन्यायाधीश जबराले मागबमोजिम पाँचैजना न्यायाधीस एकमत रहेर फैसला सुनाएको जानकारी दिएका छन् ।
फैसलाको पूर्णपाठ न्यायाधिश ईश्वर खतिवडाले पढेर सुनाएका थिए । त्यस्तै अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।
पूर्णपाठ हेर्न यहाँ थिच्नुहोस्
२८ असार २०७८, सोमवार १६:०० बजे प्रकाशित






























