punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चिराकीलाई साइकल र हाते माइक

Chaupati
safha napa

कैलालीको जानकी गाउँपालिका १ ले चिराकीलाई साइकल र हाते माइक वितरण गरेको छ।लामो समयदेखि गाउँमा चिराकीको काम गर्दै आएका उनीहरुलाई सूचना सम्प्रषेणमा सहयोग होस् भनी साइकल र माइक वितरण गरिएको हो।चिराकीले समुदायका सबैजसो सूचना पुऱ्याउने, गाउँमा केही शुभ/अशुभ घटना भएमा सूचना दिने कार्य गर्दछन्।‘‘

चिराकीले गाउँको विकास निर्माणमा होस् या सामाजिक कामकाज, हरेक गतिविधिबारे गाउँमा सूचना सम्प्रेषण गर्दै आइरहेका छन्’’, वडाध्यक्ष धनीराम चौधरीले भने, ‘‘समाजमा दिनुपर्ने सूचना प्रवाह सहज होस् भनेर  सामग्री वितरण गरेका हौँ।’’ वडाका ६ चिराकीले सामान पाएपछि माइकको सहायताले सूचना दिन सहज हुने बताउँछन्। समुदायमा सामाजिक काम गर्दै आएका चिराकीले खासै तलब पाउँदैनन्। कतिपय ठाउँमा निःशुल्क काम गर्छन् भने कतिपय गाउँमा बडघरको नेतृत्वमा चिराकीको तलब तोकिएको हुन्छ।

समाजसेवी लालवीर चौधरीकाअनुसार लामो समयदेखि थारु समुदायमा प्रचलनका रुपमा रहेका चिराकी बडघरका सहयोगीकारुपमा काम गर्छन्। ‘‘चिराकीले बडघरले खटाएको काम गर्छन्, उनीहरु रातदिन नभनी समुदायको हीतमा खटेका हुन्छन्’’, समाजसेवी लालविर भन्छन्, ‘‘तलब तोकेका गाउँमा पनि चिराकीको तलब कम हुन्छ। गाउँकै मानिसले उठाएको अन्न वा रकम उनीहरुलाई तलब दिने हो। बडघर र चिराकीलाई तलब दिने अन्य स्रोत समुदायसँग केही हुँदैन। सामाजिक योगदान दिने मानिसलाई स्थानीय सरकारले प्रोत्साहन गर्नु राम्रो हो ’’

पछिल्लो समय बडघर तथा चिराकीले स्थानीय सरकारलाई पनि सघाउँदै आएका छन्। उनीहरुले बडघर तथा चिराकीलाई कानूनी मान्यता दिने खालको नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्ने माग गर्दै आएका छन्।

‘‘लामो समयदेखि समुदायमा नेतृत्वदायी भूमिकामा निस्वार्थ सेवा गरिररहेका बडघरलाई कानूनी मान्यता दिन आवश्यक छ। उनीहरुले न्याय सम्पादनमा गरेको कार्यको मूल्याङ्कन समेत हुनुपर्छ’’, बडघर चुन्कानु चौधरीले भने, ‘‘सरकारले हाम्रो हीतमा काम गर्नुपर्छ।’’


१२ असार २०७८, शनिवार ०८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु