punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीलाई ‘मेन्सन’ गर्दै विश्वप्रकाशको प्रश्न- मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने?

Chaupati
safha napa

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण कोठा नदिएकी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको गाडीमा चढाइएपछि प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मेन्सन’ गर्दै प्रवक्ता शर्माले ट्विटमा प्रश्न गरेका छन्, ‘जातीय विभेदको कहालीलाग्दो व्यथा अन्त्य गर्न साझा पहल गर्ने कि मन्त्रीले नै पक्षधरताको खुला सन्देश दिने?’

आफू दलितकी छोरी भएकै कारण आफूलाई कोठा नदिइएको भन्दै रुपा सुनारले प्रहरीमा घरबेटी विरुद्ध उजुरी दिएकी थिइन्। उनै घरबेटी बुधबार शिक्षामन्त्री श्रेष्ठको गाडीमा सिंहदरवार परिसरबाट सरर बाहिरिएकी थिइन्।

‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनु पर्छ प्रधानमन्त्रीज्यू?  हिजो गिटार बजाउँदै समानताको गीत गाउँदै, आज गाडी गुडाउँदै, मन्त्रीको साइरन बजाउँदै राज्य एउटा पक्षमा उभिन मिल्छ?,’ प्रवक्ता शर्माको प्रश्न छ।


११ असार २०७८, शुक्रवार २०:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु