डडेल्धुराको अमरगढी नगरपालिकाका यी हुन मुख्य योजना
डडेल्धुराको अमरगढी नगरपालिकाले आ. व. २०७८-०८९को नीति कार्यक्रम र वजेट नबौं नगरसभा समक्ष्य प्रस्तुत गरिएको छ।
नगर प्रमुख विशेश्वर प्रसाद ओझाको अध्यक्षतामा बसेको नगर सभाको बैठकमा उप प्रमुख संगिता भण्डारीले ५१करोड १२ लाख ७३ हजार को अनुमानित आयव्यय बजेट प्रशस्तुत गर्नु भएको छ।
सबै क्षेत्र वर्गलाई समेट्ने गरि प्रस्तुत बजेट जनमुखी रहेकाले जनअपेक्षा सम्वोधन हुनेमा नगरवासी आशावादी छन।
के -के छन् नगरपालिकाको मुख्य योजना :-
– ग्रहिणि स्वास्थ्य सुरक्षा कार्यक्रम (ग्याँसचुलाे सिलिन्डर मा ५०% छुट) – विपन्न वर्ग राेजगार कार्यक्रम
– विध्यालयमा प्र अ, स्वयंसेविका, ग घ वर्गका अपाङ्गता भएका नागरिक, वेराेजगार परिवार, मासिक भ्वाईस प्याक
– सुत्केरिलाई उपमेयरकाे काेसेलि – निशुल्क एम्वुलेन्स सेवा ( ६० वर्ष माथिका नागरिक, अपाङ्ग , सुत्केरि महिला, एकल महिला र धामि भडरिया पण्डाहरु)
– विद्यालय वस सेवा निशुल्क उच्च शिक्षा कार्यक्रम ( सामुदायिक क्याम्पस हरुमा अध्ययनरथ विद्यार्थीहरु लाई)
– वाख्रा विकास कार्यक्रम २५ भन्दा वढी वाख्रा पाल्ने किसानलाई प्रति वाख्रा अनुदान)
– स्वयंसेविका प्राेत्साहन, अक्षयकाेष, अध्ययन भ्रमण र मासिक भ्वाईस प्याक सुविधा)
– भिमदत्त झिलिमिलि कार्यक्रम – विपन्न विद्यार्थी छात्रवृति काेष
– अमरगढी बहु प्राविधिक शिक्षालयमा ३०% अमरगढीकाे काेटा सुनिस्चित र १०% छात्रवृत्ति
– सामुदायिक अंकपत्र र खुल्ला सरकार
१२ असार २०७८, शनिवार ११:३१ बजे प्रकाशित































