सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य समान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बढेको बजार आज सामान्य घटेको हो।
मंगलबार ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
तेजावी सुन भने प्रतितिोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
बुधबार सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ।आज चाँदी तोलामा पाँच रुपैयाँले १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
९ असार २०७८, बुधवार १२:०३ बजे प्रकाशित





























