punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्मिता मृत्यु प्रकरण : तीन दिन पछि शवको पोष्टमार्टम

Chaupati
safha napa

डडेल्धुरा । असार ५ गते मृत अवस्थामा फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको शव परीक्षण भएको छ। ३ दिनपछि सोमबार उनको शव जोगबुडा अस्पतालमा परीक्षण भएको हो।

पोष्टमार्टम रिपोर्टबाट उनको हत्या गरिएको र बलात्कार भएको भन्नेबारे कुनै तथ्य फेला नपरेको एक प्रहरी अधिकारीले बताए। अब उनको भिसेरा परीक्षण गरिने प्रहरी स्रोत बताउँछ।धामीको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। शवसँगै उनले बोकेको खोपको क्यारीयर भेटिएको थियो तर मोबाइल भने फेला परेन्।

शरिरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खालि बोत्तल फेला परेकाले उनको विभत्स हत्या गरिएको स्थानीयले बताइरहेका छन्। यद्यपि प्रहरीले आफ्नो अनुसन्धान सकेको छैन।घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ।


७ असार २०७८, सोमवार १५:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु