punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकालीको बाढीले पुल जोड्ने पहुँचमार्ग बगायो, ६ करोडको क्षति

Chaupati
safha napa

कञ्चनपुर। महाकाली नदीमा आएको बाढीले निमार्णाधीन चार लेनको पक्की पुलमा क्षति गरेको छ । बाढीले नदी किनारदेखि पुलसम्म आवतजावत गर्न बनाइएको पहुँच मार्ग पनि भत्काएको हो ।

महाकाली पुल आयोजनाका इन्जिनियर किशोर पाण्डेयले पहुचमार्गको ८० मिटर लम्बाई कटानी र  ५० हजार घनमिटर ग्राभेल बगाएको जानकारी दिए । उनका अनुसार तीन साताअघि महाकालीमा आएको बाढीले पुल आयोजनाको कालोपत्रे गर्ने प्लान्ट बगाएको थियो । बाढीले अहिलेसम्म करिब ६ करोडको नोक्सानी गरेको उनले बताए । पुल निर्माणको कार्य ९० प्रतिशत सम्पन्न भएको थियो ।

०७४ भदौ ७ गते ६ लेनको सडकसहित महाकाली नदीमा नेपाल सरकारको लगानीमा ४ लेनको पुल निर्माण कार्य सुरु गरिएको थियो । यस्तै महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज बिहान पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो भने अहिले केही घटेको हो । महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा ६ सोनाह परिवार विस्थापित भएका छन भने दर्जनौँ घर डुवानमा परेका छ्न् ।


६ असार २०७८, आइतवार १७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु