punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अक्सिजन प्लान्टका लागि नेपाल शिक्षक संघ धनगढी नगर कार्यसमितिको सहयोग

Chaupati
safha napa

धनगढी । धनगढीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डर ब्यवस्थापनका लागि नेपाल शिक्षक संघ धनगढी नगर कार्यसमितिले मेयर कल्याणकारी कोषमा सहयोग गरेको छ ।
नेपाल शिक्षक संघ धनगढी नगर कार्यसमितिले १ लाख ११ हजार १ सय ११ रुपियाँ नगरप्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेको हो । यो रकम नेपाल शिक्षक संघका सदस्यहरुबाट संकलन गरिएको नगर अध्यक्ष नवराज ओझाले बताए ।

साथै अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा सहयोग गरेकोमा मेयर वडले धन्यवाद ब्यक्त गरेका छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल शिक्षक संघ कैलालीका निवतृमान अध्यक्ष भूपाल सिंह खड्का, नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव प्रेमबहादुर शाही, नेपाल शिक्षक संघ कैलालीका निवर्तमान कोषाध्यक्ष पदमराज जोशी, बर्तमान नगर उपाध्यक्ष मोहन भण्डारी ,नगरसचिव हरिष चन्द र सचिव (अर्थ) गोविन्द राज जोशीको सहभागिता थियो । पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभाबका कारण कोरोना संक्रमितको मुत्यु भएपछी विभिन्न संघ संस्था तथा ब्यक्तिगत बाट सहयोग जुटिरहेको छ ।

धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनकालागि मेयर कल्याणकारी कोष स्थापना गरेको छ । चौधरी ग्रुप संगको साझेदारीमा उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरिरहेको छ ।

 


५ असार २०७८, शनिवार १२:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु