punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोमा पुरिएर बझाङमा एकजनाको मृत्यु, भीरबाट लडेर एक बेपत्ता

Chaupati
safha napa

बझाङ : तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। धारामा पानी भर्दै गर्दा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृत्यु भएको हो।

दमाईको पहिरामा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले जानकारी दिए। उनले भने, ‘धारामा पानी भर्ने बेलामा जमिन भासिएर पहिरो खसेपछि पहिरोमा पुरिएर घटनास्थलमै दमाईको मृत्यु भएको हो।’

प्रहरी चौकी मेलविसौनाबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी गरेको खड्काले बताए।

भीरबाट लडेर बेपत्ता

दुर्गाथली गाउँपालिकाका–३ का ४० वर्षीय मीनबहादुर धामी धउलावन भीरबाट लडेर बेपत्ता भएका छन्।

असार ३ गते बेलुका ६ बजे जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्कने क्रममा उनी भीरबाट लडेका थिए। उनलाई अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ। खोजी कार्य जारी रहेको भए पनि भीर ठुलो र अफ्ठ्यारो भएकाल ेसमस्या भएको डिएसपी खड्काले बताए। हाल नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजिरहेको उनले बताए।


५ असार २०७८, शनिवार १२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु