वेदकोटमा नापी कार्य तथा जग्गाधनी पूर्जाका लागि जीपीएस पोइन्ट राख्ने काम सुरु
कञ्चनपुर । कञ्चनपुरको वेदकोटमा नापी कार्य तथा जग्गाधनी पूर्जाका लागि जीपीएस पोइन्ट राख्ने काम सुरु गरिएको छ।
नगरपालिकामा आगामी साउनदेखि नापी कार्य र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिनका लागि शुक्रबारबाट जीपीएस पोइन्ट राख्ने काम सुरु गरिएको बताइएको हो।
नगरपालिकाको वडा नम्बर १ र २ बाट सो कार्य सुरु गएिको नगर प्रमुख चन्दले बताए। आठ सदस्यीय प्राविधिक टोली फिल्डमा खटाइएको र क्रमशस् सबै वडामा जीपीएस पोइन्ट राखिने उनले बताए।
लकडाउनका कारण केही ढिालो गरी काम सुरु भएको बताउँदै नगर प्रमुख चन्दले मौसम अनुकुल भएपछि साउनदेखि नापि कार्य पनि सुरु गर्ने गरी तयारी भइरहेको बताए।
४ असार २०७८, शुक्रवार १९:११ बजे प्रकाशित






























