punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुर  । कञ्चनपुरमा सर्पको टोकाईबाट एक पुरुषको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ का ४९ वर्षीय दुर्गाबहादुर थापाको मृत्यु भएको हो। उनलाई आइतबार दिउँसो धान रोपाई गर्ने क्रममा करेत सर्पले टोकेको थियो।

सर्पले डसेपछि उनलाई उपचारको लागि महाकाली अञ्चल अस्पताल लगिएको थियो।महाकाली अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


३१ जेठ २०७८, सोमवार १४:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु