सेतीमा गरिएको कोरोना परीक्षणमा १३ संक्रमित थपिए
धनगढी । सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३१ नमूनाको कोरोना परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत १० जना कोरोना जितेर घर फर्किएका छन ।
यसैबीच पछिल्लो २४ घण्टामा अस्पतालमा ३ जना नयाँ कोरोना संक्रमित उपचारका लागि भर्ना भएका छन ।
अस्पतालमा हाल १५ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ९ जना आईसियुमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।
३१ जेठ २०७८, सोमवार १५:४६ बजे प्रकाशित































