punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा स्वास्थ्यकर्मी माथि हातपातको प्रयास गर्ने दुई जना पक्राउ

Chaupati
safha napa

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मी माथि हातपात गर्न खोज्ने दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्वास्थ्यकर्मीको लापरबाहीले नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोजेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोज्ने बैतडी डिलासैनी गाउँपालिका–६ का ३० वर्षीय लोकेन्द्रनाथ योगी र ३० वर्षीय नरेन्द्रनाथ योगीलाई पक्राउ गरिएको हो । शैल्यशिखर नगरपालिका–१ का ३२ वर्षीया बसन्तीनाथ शनिबार सुत्केरी हुन गोकुलेश्वर अस्पताल भर्ना भएकी थिइन् । महिला अस्पताल भर्ना भएको केही समयपछि शल्यक्रिया गरेर बच्चा निकालिएको थियो ।

जन्मिएको ४र५ मिनेटपछि शिशुको मृत्यु भएको हो । आक्रोशित आफन्तहरू शल्यक्रिया गर्ने क्रममा डाक्टरको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै प्रदर्शनमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको छ । मृतकका आफन्तहरूले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिए हुन् ।

अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षार्थ इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी शिखर, इलाका प्रहरी कार्यालय लटिनाथ र बैतडीबाट थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।


३१ जेठ २०७८, सोमवार १०:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु