punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालले सुरु गर्‍यो ‘टेलिमेडिसिन’ सेवा

Chaupati
safha napa

धनगढी ।  कोरोना भाइरसको दोस्रो लहरपछि ओपीडी सेवा बन्द गरेको सेती प्रादेशिक अस्पतालले  ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ। जसअनुसार प्रदेशभर रहेका स्वास्थ्यकर्मी तथा बिरामीहरुले फोनबाटै सम्पर्क गरेर आपतकालिन सल्लाह लिन सक्नेछन्।

आइतबार अस्पतालले एक सूचना जारी गर्दै कोरोना तथा वर्षातको मौसममा देखापर्ने सर्पदंश, मलेरिया, कालाजार, डेंगु, मेनिन्जाइटिस तथा नसर्ने रोग (डाइबेटिज, उच्च रक्तचाप र मुटुरोग) सम्बन्धी परामर्श लिन विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा.शेरबहादुर कमर, डा.निराजनदत्त शर्मा, डा.सन्तोष पाण्डे र डा.निशान भट्टराईलाई बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पर्क गर्न सकिनेछ।


३० जेठ २०७८, आइतवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु