punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नसालु पदार्थ खुवाएर १९ वर्षीया युवतीमाथी कञ्चपुरमा सामूहिक बलात्कार

Chaupati
safha napa

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। धरमपुर स्थित मुक्त्तकमैया शिविरकी ती किशोरीमाथी बिहीबार बलात्कार भएको हो ।

नसालु पदार्थ खुवाएर स्थानीय दुई युवाले उनलाई सामूहिक बलात्कार गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए ।

बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धन बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेका थापाले बताए। ‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ ।

एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी थापाले भने, ‘अर्का आरोपीको खोजी भइरहेको छ।’ बलात्कार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए।

‘नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ,’ डिएसपी थापाले भने । बलात्कारमा परेकी भनिएकी युवती शारिरिक रुपमा अशक्त छिन्।


२८ जेठ २०७८, शुक्रवार ११:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु