कञ्चनपुरका थप २ जना कोरोना संक्रमितको मृत्यु
कञ्चनपुर । पछिल्लो २४ घण्टामा कञ्चनपुरका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ का ७३ वर्षीय पुरुष र बेलौरी नगरपालिकाकी ८५ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। पुरुषको महाकाली अस्पताल र महिलाको इसान अस्पताल बेलौरीमा उपचाररत थिए।
२७ जेठ २०७८, बिहीवार १६:१९ बजे प्रकाशित






























