punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चाइनिज ताइपेई विरुद्ध नेपालको जित

Chaupati
safha napa

काठमाडौं । फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरणको खेलअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले हराएको छ। कुवेतको जबर अल अहमद रंगशालामा सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई हराएको हो।

खेलको तेस्रो मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत् गोल गर्दै र नेपाललाई अग्रता दिलाएका थिए। नेपालीले प्रहार गरेको फ्री किकलाई चाइनिज ताईपेईका खेलाडीले आफ्नै बक्समा हातले छोएपछि नेपाली टिमले तेस्रोे मिनेटमै पेनाल्टी पाएको थियो।

पेनाल्टीलाई सदुपयोग गर्दै नेपालले अग्रता बनायो। खेलको बाँकी समयमा दुवै तर्फबाट गोल बन्न नसक्दा पहिलो हाफमा नेपाल १–० गोलले अघि रह्यो। दोस्रो हाफमा पनि चाइनिज ताइपेईलाई दबाब बनाएको नेपालले दोस्रो हाफमा पनि एक गोल थप्यो।

खेलको ७९औं  मिनेटमा युवा फरवार्ड मिनस डाँगीले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो। तर त्यसको केही मिनेटमै फरवार्ड नवयुग श्रेष्ठले गोल गरे। त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक फुटबल खेल्ने श्रेष्ठले खेलको ८२औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए। ८६औं मिनेटमा नवयुगको हेडर पोस्टनजिकैबाट बाहिरिएको थियो।

पहिलो हाफको एक र दोस्रो हाफको एक गोलसँगै नेपालले ६ खेलमा दोस्रो जित निकालेको छ। चाइनिज ताइपेईकै मैदानमा भएको पहिलो लेगको खेलमा नेपालले २–० गोलको जित निकालेको थियो।

सो खेलमा नेपालको दुवै गोल फरवार्ड विष्टले नै गरेका थिए। यससँगै विष्टले तीन गोल चाइनिज ताइपेई र एक गोल इराकविरुद्ध गरेर कूल चार अन्तराष्ट्रिय गोल गर्न सफल भएका छन्।

आजको जितसँगै नेपालले विश्वकप छनोटको समूह बीुमा ६ अंक बनाएको छ। ६ अंकसँगै चौथो स्थानको नेपाल शीर्षस्थानको अष्ट्रेलियाभन्दा ६ अंक पछि छ भने दोस्रो र तेस्रो स्थानका  जोर्डन र कुवेतभन्दा चार अंकले पछि छ। चाइनिज ताइपेई अंकविहीन छ।


२१ जेठ २०७८, शुक्रवार ०९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु