दार्चुलामा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

दार्चुलामा पहिलो पटक कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको  मृत्यु भएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचाररत महाकाली नगरपालिका – ४ की ४० वर्षीया महिला स्वास्थ्यकर्मीको शनिबार विहान  मृत्यु भएको हो ।

आज बिहान जेठ १ गते कोरोना पुष्टि भइ जिल्ला अस्पतालमा भर्ना भएका स्वास्थ्यकर्मी महिलाको मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी गराए । दार्चुलामा अहिलेसम्म कोरोना संक्रमणकाबाट  ११ जनाले ज्यान गुमाएका छन् ।


१५ जेठ २०७८, शनिवार १४:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु