सुनचाँदीको मूल्यमा फेरि गिरावट
बजारमा आज सुनचाँदीको मूल्य फेरि घटेको छ । सुन आज तोलामा चार सय रुपैयाँले घट्दै प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा झरेको छ ।
सुन हिजो प्रतितोला ९३ हजार सात रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
७ जेठ २०७८, शुक्रवार ११:५५ बजे प्रकाशित






























