सुनको मूल्य आज फेरि बढ्यो
साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ ।
सुन गएको शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ५० पुगेको छ । महासंघका अनुसार चाँदी गएको शुक्रबार प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
२ जेठ २०७८, आइतवार ११:४९ बजे प्रकाशित






























