punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालका अध्यक्षको चेतावनी- ‘ठुलो विद्रोह हुनसक्छ’

Chaupati
safha napa

कोरोना संक्रमित अक्सिजन नपाएर तड्पिदै ज्यान गुमाइरहेका बेला धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीले सुदूरपश्चिमबासी विद्रोहमा उत्रिने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘स्ट्याटस’ लेख्दै अध्यक्ष जोशीले अक्सिजन नपाएर सुदूरपश्चिमबासीको बाँच्न पाउने अधिकार सुरक्षित नभए ठूलो विद्रोह हुने चेतावनी दिएका हुन् ।

अक्सिजन व्यवस्थापनका लागि बारम्बार विभिन्न तहका सरकार र राजनीति दलका नेतृत्वसंग अनुरोध गर्दा पनि हालसम्म कुनै ठोष परिणाम नदिएको उनले बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सुदूर पश्चिम प्रदेशको एक मात्र ३० लाख जनताको आशा र भरोसाको केन्द्र्बिन्दु सेती प्रादेशिक अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि बारम्बार विभिन्न तहका सरकार र राजनीतिक दलका नेतृत्वसंग अनुरोध गर्दा पनि हालसम्म कुनै ठोष परिणाम नदेखिएकाले सुदूरपश्चिमबासीको बाँच्न पाउने अधिकार सुरक्षित भएन भने ठुलो बिद्रोह हुनसक्छ।’

सेती प्रादेशिक अस्पतालमा अक्सिजन अभावमा संक्रमित व्यक्तिहरु ज्यान गुमाइरहेका छन् । धनगढीमा भएको अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएको र नेपालगञ्जबाटसमेत आयात ठप्प भएपछि अस्पतलामा अक्सिजनको हाहाकार भएको छ ।

विरामी अहिले अस्पतालको बेडमा भगवान भरोसामा पल्टिरहेका छन् । अक्सिजन अभावमा ज्यान गुमाउने संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको छ । अक्सिजन आपूर्तिका लागि प्रदेश सरकार र केन्द्र सरकारले सुदूरपश्चिमका लागि तत्कालन कुनै ठोष पहल गर्न सकेको छैन ।


१ जेठ २०७८, शनिवार ११:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु