punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा अटोमार्फत एम्बुलेन्स सेवा सुरु

Chaupati
safha napa

कोरोना संक्रमित बढ्दै जान थालेपछि पेट्रोलमार्फत चल्ने अटोले शुक्रबारदेखि एम्बुलेन्स सेवा सुरु गरेको छ ।

रोयल कोल्याबोरेटिभ्सले धनगढी उप–महानगरपालिका भित्र ६ वटा अटोमार्फत एम्बुलेन्स सेवा दिन सुरु गरेको हो ।

कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएकाले प्रदेशमा एम्बुलेन्स सेवाको समस्या देखिएको हुँदा अटोमार्फत सःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको रोयल कोल्याबोरेटिभ्सले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका संक्रमितले भने शुल्क छुट गर्ने बताइएको छ ।

अटोमार्फत सेवा लिनका लागि कमल प्रताप चौधरीको ९८०४६५५२९०९ र मनोज चौधरीको ९८१०२०१५६५, तथा रिक्त मगरको ९८१२६५४०९९, बाबुराम पौडेलको ९८१४६४१०८२, बालकृष्ण चौधरीको ९८२३५२६२८४ र सुरेन्द्र सिंहको ९८१८४७८३३० मा सम्कर्पका लागि समेत आग्रह गरिएको छ।

 


३१ वैशाख २०७८, शुक्रवार १९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु