बैतडीमा जेठ १७ गते सम्म लकडान जारी
बैतडीमा जेठ १७ गतेसम्मका लागि लकडाउनको जारी गरिएको छ।
बिहीबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप १५ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यसअघि जेठ २ गतेसम्म लकडाउन गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार अब बिहान ७ देखि ९ बजेसम्म मात्रै खाद्यान्नका पसलहरु खुल्ने छन्। बैंक तथा वित्तीय संस्थामा पालैपालो आधा कर्मचारी रहनेगरी सेवा प्रवाह गरिने जनाइएको छ।
३१ वैशाख २०७८, शुक्रवार १९:०९ बजे प्रकाशित































