punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ५३४ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा शुक्रबार गरिएको परीक्षणमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रयोगशालामा १ हजार २०३ नमूना परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनकाअनुसार संक्रमितमध्ये धनगढी उपमहानगरपालिकाका भित्रका मात्रै २५ जना संक्रमित छन् भने जिल्लाभर ४०८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै अन्य जिल्लाका १०१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। हाल अस्पतालमा ९८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये २ जना भेन्टिलेटरमा, १६ जना आइसियूमा, ८० जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

त्यस्तै इमर्जेन्सी वार्डमा १० पुरुष र ४ महिला गरी १४ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट २ जना निको भई घर फर्किएका छन् भने थप ७ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


३१ वैशाख २०७८, शुक्रवार १७:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु