punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निषेधाज्ञाभरी इन्टरनेट सेवा काट्न नपाइने, प्राधिकरणको यस्तो आग्रह

Chaupati
safha napa

नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना महामारीको अवस्थामा उपभोक्ताको इन्टरनेट लाइन नकाट्न सम्पुर्ण सेवा प्रदायकलाई अनुरोध गरेको छ ।

केही सेवा प्रदायकले समयमै महसुल नतिरेको भनेर लाइन काटेको गुनासो आएको भन्दै घरभित्रै सीमित भएका उपभोक्तालाई विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन र त्यो पनि हुन नसकेकेमा विषेधाज्ञाभरी लाइन नकाट्न सेवा प्रदायकलाई अनुरोध गरेको हो ।

इन्टरनेट सेवा अवरुद्ध हुदा आम उपभोक्तामा नकारात्मक असर पर्न जाने तर्फ सचेत भर्इ महशुल भुक्तानी गर्न असमर्थ ग्राहकहरुको सेवा नेपाल सरकारद्धारा जारी निषेधाज्ञा अवधिभर निरन्तर संचालन हुने व्यवस्था मिलाउन र निषेधाज्ञा हटेपछि पनि बिलम्ब शुल्क नलिइन भुक्तानीको व्यवस्था मिलाउन सम्पुर्ण सेवा प्रदायकमा प्राधिकरणले अनुरोध गरेको छ ।

अहिले निषेधाज्ञामा सम्पुर्ण उपभोक्ता घरभित्र थुनिदा इन्टरनेट खपत बढेको छ । उपभोक्ता घर भित्रै सिमित भएको हुदा दूरसञ्चार तथा इन्टरनेट जस्तो अत्यावश्यक सेवा सूचारु राख्नु पर्नेमा केही सेवा प्रदायकहरुले समयमा महसुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको गुनासो आएको प्राधिकरणले जनाएको छ ।

सम्भवसम्म विद्युतीय माध्यमबाट महसुल भुक्तानी लिने व्यवस्था गर्न र सर्भिस सेन्टदरमार्फत सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुनेगरी महशुल भुक्तानी लिने व्यवस्था मिलाउन उसले आग्रह गरेको छ ।


२२ वैशाख २०७८, बुधवार १६:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु