punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओली एमालेका नेतासहित देउवा निवासमा

Chaupati
safha napa

प्रधानमन्त्री क‍ेपी शर्मा ओली नेकपा (एमाले)का नेताहरूसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।

भेटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसहित एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र नेताहरू सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’ सहभागी छन्।

यस्तै, कांग्रेसका तर्फबाट सभापति देउवासहित रामचन्द्र पाैडेल, कृष्ण सिटाैला, विमलेन्द्र निधी, शशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलगायतका नेताहरू सहभागी छन्। नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको भेटमा सहभागी एक नेताले बताए।

विपक्षी दलले आफूविरुद्ध मोर्चावन्दी बनाइरहेका बेला प्रधानमन्त्री ‌ओली प्रमुख विपक्षी दलका नेतालाई भेट्न पुगेका हुन्। प्रधानमन्त्री ओलीले आउँदो २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तय भइसकेको छ। मं‍गलबार मात्र मा‌ओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

माओवादी, जसपाको बाबुराम-उपेन्द्र पक्ष र एमालेको माधवकुमार नेपाल पक्षले संयुक्त सरकारले नेतृत्व लिन देउवलाई आग्रह गरेपनि उनी अघि सरेका छैनन्।


२२ वैशाख २०७८, बुधवार १६:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु