punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिममा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्टका अनुसार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८५ नमूना परीक्षण गर्दा १२१ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ८७ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १८ जना र अन्य जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

सूचना अधिकारी श्रेष्ठले हाल अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ११ जना निको भई घर फर्किएका छन् भने थप १६ जना अस्पतालमा भर्ना भएको जानकारी दिए।


२२ वैशाख २०७८, बुधवार १६:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु