punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ

Chaupati
safha napa

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको र्‍यापिड एन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ ।

मुख्यमन्त्री गुरुङले रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर टेस्टसमेत गराएका छन् । सामान्य टाउको दुखाइपछि उनले उन्टिजेन टेस्ट गराएका थिए ।

मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । उनी ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् ।

न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । दिनको १५ घन्टा मुख्यमन्त्री गुरुङ र न्यौपानेसँगै रहन्थे । मुख्यमन्त्री गुरुङले १४ गते गराएको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मुख्यमन्त्री गुरुङ मंगलबार सर्वदलीय बैठकमा पनि सहभागि थिए । उनले कोरोना बढिरहेको भन्दै जेठको पहिलो सातामात्र कार्यव्यवस्थाको बैठक राखेर संसद डाकिनुपर्ने बताएका थिए ।

गण्डकी प्रदेशको संसद १५ वैशाखबाट बस्‍न सकेको छैन । विशेष अधिवेशनको तेस्रो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्तावमा मतदान नहुँदै बैठक स्थगित गरेपछि सदन स्थगित छ ।


२२ वैशाख २०७८, बुधवार ११:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु