सुनकाे मूल्य घट्याे , कति पुग्याे बजारमा ?
नेपालमा आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।
छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको छ ।
२२ वैशाख २०७८, बुधवार ११:५७ बजे प्रकाशित






























