महाकाली अस्पतालमा अक्सिजन अभाव

महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ। 

अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा अक्सिनको अभाव हुन थालेको बताए।  उनका अनुसार अक्सिजन प्लान्टले अस्पताललाई आवश्यताअनुसार अक्सिजन दिन सकिदैन । “आवश्यकताअनुसार आपूर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि मगाएको डा. रोकायाले बताए । सङ्क्रमण बढ्दै जाँदा व्यवस्थापनको निकै समस्या आएको बताएका छन ।

अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितमध्ये चार दिनमा चारको मृत्यु भइसकेको छ। त्यसैगरी कञ्चनपुरको स्थानीय प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि बुधबारदेखि आंशिक लकडाउन गर्ने जनाएको छ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरेक दिन दिउँसो ३ बजेदेखि बिहान ८ बजेसम्म बजार, कलकारखाना, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। बैठकले जोरबिजोर प्रणालीबाट यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले प्रदेश सरकारले यहाँ सघन कक्ष सुविधा बढाउने गृहकार्य गरिरहेको बताए।  प्रक्रियागत अल्झनका कारण महामारीका बेला स्रोतसाधन खरिद गर्न समय लाग्ने गरेको बताए। “महाकाली अस्पतालमा अक्सिजन प्लान्ट राख्ने तयारी हँुदैछ । सेती प्रादेशिक अस्पतालमा त प्लान्ट पहिलेदेखि नै सञ्चालनमा अाएकाे उनले बताए ।
 


१५ वैशाख २०७८, बुधवार ०७:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु