कोरोना संक्रमणबाट सुदूरपश्चिम सरकारका पूर्वमन्त्री बोहराकी आमाको निधन

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराकि अामाकाे निधन भएकाे छ।

मंगलबार राति उनकी आमा धौली देवी बोहराको निधन भएको बोहराका स्वकीय सचिव आदर्श साउदले जानकारी गराए । 
बोहराकी अामा ७८ वर्षीय आमा सेती प्रादेशिक अस्पतालमा उपचाररत थिइन्। निमोनियाबाट ग्रसीत उनको मंगलबारदेखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो।

उनीमा कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ। 


१५ वैशाख २०७८, बुधवार ०८:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु