punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर २४ घण्टामा थप २५ सय ५९ मा कोरोना पुष्टि

Chaupati
safha napa

देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय ५९ मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भएको नौ हजार ६ सय ६४ परीक्षणमध्ये दुई हजार ५ सय ५९ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जम्मा परीक्षणमध्ये आठ हजार ७ सय ७८ पीसीआर विधिबाट परीक्षण भएको हो भने आठ सय ६६ एन्टीजेनबाट परीक्षण गरिएको हो । संक्रमितमध्ये काठमाठौंका सात सय ६०, भक्तपुरका ७४ र ललितपरका एक सय ६गरी नौ सय ४० काठमाडौं उपत्यकाका मात्रै रहेका छन् ।

देशभर हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । हाल नेपालमा १४ हजार ७ सय २४ सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म संक्रमणका कारण तीन हजार एक सय २२ ले ज्यान गुमाई सकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको चार सय १० सहित नेपालमा जम्मा दुई लाख ७६हजार ७ सय ५५ संक्रमणमुक्र भई सकेका छन् ।


१० वैशाख २०७८, शुक्रवार १७:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु